images
images

कर्णालीमा हिमपात र वर्षाका कारण हवाई सेवा प्रभावित 


  • 319
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    कर्णालीमा हिमपात र वर्षाका कारण हवाई सेवा प्रभावित 

    काठमाडौं । हिमपात र वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको छ । गए रातिदेखि मुगु, हुम्ला, जुम्ला, र डोल्पामा वर्षासँगै हिमपात सुरु भएपछि हवाई सेवा प्रभावित बनेको हो ।

    नेपालगन्ज क्षेत्रमा बिहान १२ बजेसम्म लाग्नु बाक्लो हुस्सोले कर्णालीका पहाडी जिल्ला हवाई उडान प्रभावित बनाएको थियो भने बिहीबार देखि उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात र वर्षा हुन थालेपछि उडान ठप्प भएको छ । नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका थिए ।

    हिमपात र वर्षाले नेपालगन्जदेखि हुने हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरण, राराका प्रमुख सन्तोष गौतमले बताए । हिमपात र वर्षाले हवाई सेवा अवरुद्ध भएपछि तराई झर्ने यात्रु र मुगु, हुम्ला जाने यात्रु एयरपोटमा रोकिन बाध्य भएका छन् । बाक्लो हिमपात भएपछि मुगु–गमगढी–नाग्मा सडक पनि केही दिनसम्म रोकिने सक्ने स्थानीयको भनाइ छ ।


    images

    Logo