images
images

क्यानको कर्मचारी आन्दोलन स्थगित, अतिरिक्त लकडाउन भत्ता पाउने (सहमति पत्र हेर्नुहोेस्)


  • 520
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    क्यानको कर्मचारी आन्दोलन स्थगित, अतिरिक्त लकडाउन भत्ता पाउने (सहमति पत्र हेर्नुहोेस्)

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा जारी कर्मचारी आन्दोलन स्थगित भएको छ । प्राधिकरणलाई टुक्र्याएको भन्दै आन्दोलन गरिरहेका कर्मचारीको आन्दोलन स्थगित भएको छ । मंगलबार राती व्यवस्थापनसँग सहमति भएपछि ट्रेड युनियनले आन्दोलन स्थगित गरेको हो ।

    प्राधिकरणलाई टुक्र्याउने बिधेयक राष्ट्रिय सभाबाट पारित भएपछि क्यान सम्बद्ध ट्रेड युनियन आन्दोलित भएका थिए । विधेयकले प्राधिकरणलाई नियामक र सञ्चालक गरि २ निकाय बनाउने व्यवस्था गरेको छ । उक्त बिषयलाई लिएर प्राधिकरणमा रहेका ट्रेड युनियनले आन्दोलन सुरु गरेको थियो । 

    सहमतिमा कर्मचारीले अतिरित्त लकडाउन भत्ता १५ दिनभित्र पाउने भएका छन् । साथै प्राधिकरण टुक्र्याउने बिधेयकको बिषय संघिय संसदमा विचाराधिन रहेकोले आन्दोलनरत कर्मचारीलाई संसदको अन्तराष्ट्रिय समितिमा छलफल गराउने गरी सहमती भएको  उल्लेख गरीएको छ । 

    यस्तो छ क्यान ब्यबस्थापन र ट्रेड युनियन बिच भएको सहमति -

    CAAN.jpg


    images

    Logo