images
images

जनवरीमा ११.४५ प्रतिशतले बढ्यो बङ्गलादेशको निर्यात 


  • 379
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    जनवरीमा ११.४५ प्रतिशतले बढ्यो बङ्गलादेशको निर्यात 

    बङ्गलादेशले जनवरीमा  ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५  प्रतिशतले वढि हो ।  

     सन्  २०२३/०२४  को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवद्र्धन विभाग (इपिबी) ले जनाएको छ ।

    निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ ।

    बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८.३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो ।

    बङ्गलादेशले आर्थिक वर्ष २०२३÷०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ ।

    यसमा तयारी पोशाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।  


    images

    Logo