images
images

हिमपातका कारण दुई दिनदेखि अवरुद्ध सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु


  • 279
    SHARES
  • २०८० माघ २३ गते मंगलबार

    हिमपातका कारण दुई दिनदेखि अवरुद्ध सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु

    काठमाडौं ।  हिमपातका कारण आइतबारदेखि अवरुद्ध हुम्लाको हवाई सेवा मंगलबारबाट सुचारु भएको छ । हिमपातका कारण अवरुद्ध भएको सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु भएकाे हाे । 

    मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ । आज तारा र समिट एयरले एक/एक उडान भरेका छन् । तारा एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी गरेको छ भने समिट एयरले भने यात्रुहरु ओसारेको छ ।

    सिमकोटको मौसम सफा भए पनि नेपालगञ्जमा बिहान लागेको हुस्सुको कारण हवाई उडान ढिलो भएको थियो । हवाई उडान सुचारु भएसँगै सिमकोटमा तीन दिनदेखि टिकट काटेर रोकिएका यात्रुहरु आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन् ।


    images

    Logo