काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन २० गते लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिला सहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।


