काठमाडौं । कालिका लघुवित्तले साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन २४ गते सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, पोखरा महानगरपालिका–१०, बुद्धचोक, कास्कीमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ ।
कम्पनीले हाल लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ, फागुन १३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।


