काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगन्जलाई जोड्ने उद्देश्यले सुरु गर्न लागिएको प्रवर्धनात्मक हवाइ उडानको नयाँ भाडा निर्धारण गरिएको छ । फागुन ५ गते र ७ गते यति एअरलाइन्सले गर्न थालेको हवाई उडानको एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरिएको यति एअरलाइन्स नेपालगन्जले जनाएको छ ।
शनिबार र सोमवार दिउँसो १ः४० बजेतिर यति एअरलाइन्सले ७२ जना यात्रु लिएर नेपालगन्जबाट उडान भर्ने र जनकपुरबाट ३ः२५ बजे फिर्ता उडान भर्ने कार्यक्रम तय गरिएको छ । सो उडान एक घण्टा ३० मिनेटको हुने जनाइएको छ ।
नेपालगन्ज–जनकपुर र जनकपुर–नेपालगन्ज हवाई उडानमा धार्मिक पर्यटकहरु, नेपालगन्जमा रहेका मिथिलाबासी, जनकपुरमा रहेका पश्चिमवासी, सन्त महन्त, पर्यटनकर्मी लगायत सहभागी रहनेछन् ।