काठमाडौं । सोमबार राति भएका हिमपातका कारण हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । राति ८ बजे देखि हिमपात सुरु भभएको हिमपातका कारण विमानस्थलमा हिउँ जम्दा हवाई उडान रोकिएको हो ।
हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो ।
हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तय गरिएका सबै उडानहरु रद्द भएका छन् ।