images
images

कतार एयरको जहाज १ घण्टादेखि आकाशमै


  • 562
    SHARES
  • २०८० फाल्गुण १० गते बिहीबार

    कतार एयरको जहाज १ घण्टादेखि आकाशमै

    काठमाडौं । कतारबाट नेपाल आएको जहाज १ घण्टादेखि आकाशमा घुमिरहेको छ । दोहाबाट नेपाल आएको कतार एअरवेजको क्युटीआर ६४६ जहाज आकाशमा घुमिरहेको हो ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले १ घण्टादेखि कतारबाट आएको जहाज आकाशमा घुमिरहेको बताए। उक्त जहाज ४ बजेर २४ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । प्रतिकूल मौसमका कारण ल्याण्ड गर्न नसकेर उक्त जहाज आकाशमा घुमिरहेको हो ।

    त्यस्तै, आज अपरान्ह दिल्लीबाट काठमाडौँ आएको इण्डिगोकोको जहाज त्रिभुवन विमानस्थलमा ल्याण्ड हुन नसकेपछि लखनऊ डाइभर्ट गरिएको थियो ।

    अहिले नेपालको काठमाडौंलगायत विभिन्न ठाउँमा पानी परिरहेको छ ।


    images

    Logo