images
images

साढे २ महिनापछि पोखरा–जोमसोम उडान पुनः सुचारु


  • 319
    SHARES
  • २०८० फाल्गुण १८ गते शुक्रबार

    साढे २ महिनापछि पोखरा–जोमसोम उडान पुनः सुचारु

    काठमाडौं । पोखरा–जोमसोम हवाइ उडान सेवा साढे दुई महिनापछि सञ्चालन भएको छ । प्रतिकुल मौसमका साथै पर्यटकीय अफसिजनका कारण रोकिएको हवाइ सेवा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

    हिउँदयामको मौसमसँगै पर्यटक अफसिजनका कारण तारा एअरलाईन्सले मंसिर १० गते र समिट एअरलाईन्सले मंसिर २० गतेदेखि पोखरा–जोमसोम हवाइ सेवा उडान बन्द गरेका थिए । 

    मुस्ताङमा  पोखरा-जोमसोम हवाइ सेवा सञ्चालना आएसँगै जोमसोम विमानस्थलको पर्यटकीय चहल-पहल बढेको छ । अनुकुल मौसम सुरु भएसँगै सदरमुकाम जोमसोम भारतीय तथा आन्तरिक पर्यटकको आगमन बढेको छ । धेरै भारतीय पर्यटक सडकमार्ग हुँदै मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । गतवर्ष हवाइ तथा सडकमार्ग हुँदै करिव ९० हजार पर्यटक मुस्ताङ आएका थिए ।

    यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले जोमसोम विमानस्थलको सरसफाई तथा धावनमार्गमा उम्रिएका घाँसबिरुवा पन्छ्याउने काम गरिएको थियो ।


    images

    Logo