images
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त


  • 296
    SHARES
  • २०८० फाल्गुण १८ गते शुक्रबार

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

    सञ्चालक समितिको बैठकले प्रसाईंलाई ४ वर्षका लागि नियुक्ति दिएको छ । प्रसाईं चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

    नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईं बीमा क्षेत्रमा अनुभवी व्यक्तिका रूपमा चिनिन्छन् । प्रसाईंसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरेको अनुभव छ ।
    साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दैगर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।


    images

    Logo