images
images

मौसम खराब हुँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध


  • 281
    SHARES
  • २०८० फाल्गुण २० गते आइतबार

    मौसम खराब हुँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध

    काठमाडौं । मौसम खराब हुँदा लुक्ला र फाप्लु विमानस्थलको उडान अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसममा खराबी आउँदा  मुगुको लुक्ला र सोलुखुम्बुको फाप्लु विमानस्थलमा कुनै पनि उडान अवतरण हुन नसकेको हो । 

    दुबै विमानस्थलमा भिजिबिलिटि कम हुँदा विमान उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन् ।  उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मौसममा सुधार भएपछि मात्र उडान र अवतरण हुनेछ ।


    images

    Logo