images
images

सिङ्गापुरमा एक महिनामै १४ लाखभन्दा बढी पर्यटक, यो वर्ष १ करोड ५० लाख बढी पर्यटक भित्रिने अनुमान


  • 345
    SHARES
  • २०८० फाल्गुण २९ गते मंगलबार

    सिङ्गापुरमा एक महिनामै १४ लाखभन्दा बढी पर्यटक, यो वर्ष १ करोड ५० लाख बढी पर्यटक भित्रिने अनुमान

    काठमाडौं । गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् ।

    कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ ।

    चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ ।

     

     


    images

    Logo