images
images

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै


  • 298
    SHARES
  • २०८० चैत्र ४ गते आइतबार

    पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

    काठमाडौं । पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै छ। आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने पोखरा महानगरपालिकाले जनाएको छ।

    महानगर प्रमुख धनराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको जानकारि दिए।

    उनले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताए। पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने उनको भनाइ छ।

    पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने कार्यक्रम छ।


    images

    Logo