images
images

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान


  • 391
    SHARES
  • २०८० चैत्र ५ गते सोमबार

    रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

    गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । 

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उनले भने । 

    नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौं–रेसुङ्गा–काठमाडौं उडान गर्दै आएको छ । काठमाडौं–रेसुङ्गा लागि ७ हजार २ सय ८० रुपैयाँ र रेसुङ्गा–काठमाडौं रुटका ७ हजार ८० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा बिमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ ।


    images

    Logo