images
images

डेङ्गीको खोप आविष्कार गरेको भारतीय कम्पनीको दाबी, २०२६ काे मध्यसम्ममा बजारमा आइसक्ने


  • 358
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    डेङ्गीको खोप आविष्कार गरेको भारतीय कम्पनीको दाबी, २०२६ काे मध्यसम्ममा बजारमा आइसक्ने

    काठमाडौं । डेङ्गीविरुद्धको खोप आविष्कार गरेको भारतीय कम्पनी इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल)ले दाबी गरेको छ । सो कम्पनीले डेङ्गीबाट जोगिन खोप तयार गरेको भनी दाबी गरेकोबारे बीबीसीले जनाएको छ । 

    बीबीसीका अनुसार आईआईएलका प्रबन्ध निर्देशक डा. के आनन्द कुमारले खोपको सबै परीक्षण पूरा भएपछि अबको २ वर्षमा अर्थात् सन् २०२६ को मध्यसम्म डेङ्गीविरुद्धको यो खेप लगाउन सकिने बताएका छन् ।

    डा. कुमारले खोपको पहिलो चरणको परीक्षण पूरा गरेको र दोस्रो तथा तेस्रो चरणको परीक्षण चाँडै सुरु हुने बताए । आईआईएल डेङ्गीबाहेक जीका भाइरस र क्यासानूर फरेस्ट डिजीज (केएफडी) विरुद्धको खोप विकासमा पनि जुटेको बताइएको छ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष डेङ्गीका झन्डै १० करोड मानिस प्रभावित हुन्छन् । 


    images

    Logo