images
images

गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त


  • 349
    SHARES
  • २०८० चैत्र १५ गते बिहीबार

    गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माघव प्रसाद उपाध्याय नियुक्ति भएका छन् । बुधवार बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओ पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । 

    आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको सीईओ नियुक्त भएका हुन् । यसअघि उपाध्याय सो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए । 

    व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनरप्राध्यापन पेशामा संलग्न थिए ।

    बैंकका सीईओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । 


    images

    Logo