images
images

आइतबारबाट मनकामना केबुलकार चल्ने


  • 308
    SHARES
  • २०७८ भाद्र १९ गते शनिबार

    आइतबारबाट मनकामना केबुलकार चल्ने

    काठमाडौँ । कोरोना सङ्क्रमण बढेसँगै वैशाख १६ गतेबाट बन्द भएको मनकामना केबुलकार सञ्चालनमा आउने भएको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै आइतबारबाट केबुलकार सञ्चालनमा आउने भएको हो । 

    मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” 

    इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ ।

    मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए  ।


    images

    Logo