images
images

धनगढीबाट काठमाडौं आउन लागेको जहाज भैरहवामा आपतकालीन अवतरण


  • 389
    SHARES
  • २०८० चैत्र १५ गते बिहीबार

    धनगढीबाट काठमाडौं आउन लागेको जहाज भैरहवामा आपतकालीन अवतरण

    काठमाडौं । धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ । धनगढीबाट काठमाडौँ उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे ।

    जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे । काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे ।​ ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए।

    काठमाडौँमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि आकाशमै हाेल्ड गरी भैरहवामा उतार्नुपरेकाे विमानस्थलले जनाएकाे ५ । 


    images

    Logo