images
images

पर्यटन विभागले दियो १६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति 


  • 426
    SHARES
  • २०७८ भाद्र २२ गते मंगलबार

    पर्यटन विभागले दियो १६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति 

    काठमाडौं । पर्यटन विभागले १६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति दिएको छ । 

    शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी) आरोहणकालागि आकर्षण देखिएको छ । 

    पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई   मनास्लु हिमाल चढ्ने अनुमति दिएको हो  ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी)   आरोहण गर्न एक  समूहले  अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।
     
    शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।

     अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।


    images
    images

    Logo