काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले वर्तमान सीईओ अशोक राणालाई नै पुन: चार वर्षका लागि सीईओमा नियुक्त गरेको छ ।
नयाँ नियुक्तिसँगै उनले समयको मागअनुसार बैंकको सेवालाई गुणस्तरीय बनाएर लैजाने बताएका छन् ।
बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो। उनी २०७६ चैतमा बैंकको सीईओमा नियुक्त भएका थिए ।