images
images

काठमाडौँको भोजघरमा सित्तैमा गुलेली पिङ खेल्न पाइने


  • 449
    SHARES
  • २०७८ भाद्र २३ गते बुधबार

    काठमाडौँको भोजघरमा सित्तैमा गुलेली पिङ खेल्न पाइने

    काठमाडौँ । बाग्लुङपछि काठमाडौँमा गुलेली पिङ निर्माण भएको छ । द क्लिफ रिसोर्टकै प्राधिकको सहयोगमा गैरीधारामा रहेको भोजघरमा पिङ निर्माण गरिएको हो । 

    आन्तरिक पर्यटकलाई आकर्षित गर्न बाग्लुङको द क्लिफ रिसोर्टले यो पिङ निर्माण गरेको थियो । सो पिङले चर्चा बटुल्नुका साथै पर्यटकलाई आकर्षित गरेको थियो ।

    जमिनबाट २५ फिट अग्लो बनाइएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि  पिङ मचिन्छ। पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने भोजघरका प्रवन्धक मोहन बस्नेतले जानकारी दिए । 

    पिङलाई चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको उनले बताए । 

    १ सय ४० बर्ष पुरानो घरमा बाँकी संरचना थपेर २ वर्ष अघिबाट सञ्चालनमा आएको भोजघरले ग्राहकलाई कटिया, नेवारी, टिपिकल नेपाली र कन्टिनेन्टल खानाको स्वाद चखाईरहेको छ ।   विभिन्न प्यकेज अफरमा पिङ निशुल्क राखिएको बस्नेतले बताए ।


    images

    Logo