images
images

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त


  • 363
    SHARES
  • २०८१ बैशाख १४ गते शुक्रबार

    राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका छन् । उनी तत्कालीन बीमा संस्थानका पूर्वप्रशासक हुन् ।

    यसअघि कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो । तोकिएको अवधिमा ९ जनाको आवेदन परेको थियो । तीमध्ये ४ जनाको नाम सर्टलिस्ट गरिएको थियो ।

    सर्टलिस्टमा परेकाहरुको प्रस्तुतीकरण वैशाख १२ गते र अन्तर्वार्ता वैशाख १३ गतेलाई तोकिएको थियो । प्रस्तुतीकरण र अन्तर्वार्तापछि बाँकी ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ सीईओमा नियुक्त भएका हुन् ।

    समितिले कम्पनीको सीईओका लागि श्रेष्ठसहित नारायणकुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्ट गरेको थियो । यसअघि सीईओमा आवेदन दिएकामध्ये राजुनाथ खनाल, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव पहिलो चरणबाटै बाहिरिएका थिए ।


    images

    Logo