images
images

मुस्ताङ हेलिकप्टरलाई सेवा सञ्चालन अनुमति, एयरबसको हेलिकोप्टरमार्फत् सेवा सुरु


  • 422
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    मुस्ताङ हेलिकप्टरलाई सेवा सञ्चालन अनुमति, एयरबसको हेलिकोप्टरमार्फत् सेवा सुरु

    काठमाडौँ । मुस्ताङ हेलिकप्टर प्राइभेट लिमिटेडले हवाई सञ्चालनको अनुमति पाएकाे छ । हेलिकोप्टरने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार सेवा सञ्चालनकाे लागि अनुमति पाएकै हो । अनुमति पाएपछि मुस्ताङ हेलिकोप्टरले विहीबारदेखि नै सेवा सञ्चालन शुरु गरेको जनाएको छ । 

    कम्पनीले फ्रान्सको एयरबस कम्पनीले निर्माण गरेको हेलिकोप्टरमार्फत सेवा सुरु गरेको जनाएको छ। उक्त हेलिकप्टरमार्फत रेस्क्यु, चार्टर, बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो तथा कार्गो सिलिङ लगायतका सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    अहिले नेपालमा आन्तरिक उडानका लागि ९ वटा हवाइजहाज कम्पनी र १० वटा हेलिकोप्टर कम्पनीहरु सञ्चालनमा थिए । मुस्ताङ हेलिकोप्टरले सेवा सञ्चालनको अनुमति प्राप्त गरेसँगै हेलिकोप्टर सेवा प्रदायकको संख्या ११ पुगेको छ । 


    images
    images

    Logo