images
images

१ अर्ब रुपैयाँको बैदेशिक रोजगार बचतपत्र जारी गर्दै सरकार


  • 397
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    १ अर्ब रुपैयाँको बैदेशिक रोजगार बचतपत्र जारी गर्दै सरकार

    काठमाडौं । सरकारले वैशाख २३ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँचवर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २२ गतेसम्म बिक्री गर्ने जनाएका छन्।

    कार्यालयले १ अर्ब रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने जनाएको छ। यस बचतपत्र खरिदकर्तालाई ६–६ महिनामा ब्याज भुक्तानी गरिनेछ। सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कार्यालयले जनाएको छ।

    बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन्। यस बचतपत्रको निष्कासन २०८१ जेठ २९ गते हुनेछ भने यसको साँवा–भुक्तानी २०८६ जेठ २९ गते हुनेछ।

    यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था गरेको छ। इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


    images

    Logo