images
images

९ सय १५ जनाले लिए हिमाल चढ्नका लागि अनुमति, राजस्व संकलन ६३ करोड ५७ लाख


  • 398
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    ९ सय १५ जनाले लिए हिमाल चढ्नका लागि अनुमति, राजस्व संकलन ६३ करोड ५७ लाख

    काठमाडौं । हिमाल चढ्ने मौसम सुरु भएसँगै ९ सय १५ जनाले आरोहणको अनुमति लिएका छन् । मार्च १ देखि अप्रिल २९ गतेसम्म विभिन्न ३० हिमाल आरोहणका लागि ९ सय १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको हो । 

    अनुमति लिएका मध्ये ७२४ जना पुरुष र १९१ जना महिलाहरुको १०२ वटा टोलीले हिमाल आरोहण गर्ने विभागले जनाएको छ । पर्यटकहरुले सगरमाथा, अन्नपूर्ण १, हिमलुङ, जुगल ३, अमा दब्लम, पुथा हिमचुली, खाङ्ग्री सार, कञ्चनजंगा, धौलागिरी, तेङ्गपोचे, तेङ्कोमा, मकालु, लोत्से, जुगल १, जुगल ५, जुगल २, पुमोरी, लिङट्रेन, थोराङ पिक लगायतका हिमालमा आरोहणका लागि अनुमति लिएको विभागको तथ्यांकमा जनाइएको छ । 

    विश्वको सर्वोच्च शिखर मानिने सगरमाथा आरोहणका लागि सर्वाधिक ३९० जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ३२० जना पुरुष र ७० जना महिला रहेको विभागले जनाएको छ । त्यस्तै, ल्होत्सेका लागि १३०, अमा दब्लमका लागि ९६, मकालु ‘क’ का लागि ५७ जना, कञ्चनजंघाका लागि ३१ जना, धौलागिरीका लागि ३० जना आरोहीले आरोहणको अनुमति लिएको विभागले जनाएको छ । 

    हिमाल आरोहण गर्ने सो आरोहीहरुबाट सरकारले ६३ करोड ५७ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । जसमध्ये सगरमाथाका आरोहीहरुबाट मात्रै ५५ करोड ८५ लाख रुपैयाँ संकलन गरिएको विभागले जनाएको छ । त्यस्तै, ल्होत्सेका आरोहीबाट ३ करोड ९ लाख रुपैयाँ, मकालु ‘क’ का आरोहीबाट १ करोड ३६ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।


    images

    Logo