images
images

अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार ३ सय ७६ पर्यटक


  • 411
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार ३ सय ७६ पर्यटक

    काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । 
     
    सन् २०२३ को अप्रिलमा कूल ९८ हजार ७ सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा १ लाख ११ हजार ३ सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९, सन् २०२१ मा २२ हजार ७ सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटक नेपाल आएका थिए ।

    बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार १ सय ५८, अमेरिकी पर्यटक ९ हजार ९ सय ४७, चिनियाँ ९ हजार ७ सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।

    साथै बेलायतबाट ५ हजार ३ सय ९१, अष्ट्रेलियाबाट ४ हजार १ सय १०, बङ्गलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५, जर्मनीबाट ३ हजार २ सय ७०, रसियाबाट २ हजार ९ सय ७७ र मलेसियाबाट २ हजार ३ सय १० पर्यटक नेपाल आएका छन् । 


    images

    Logo