काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र प्रसाद ढुंगाना पुनः नियुक्त भएका छन् । बैंकको जेठ २ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई सीइओ पदमा पुनः नियुक्त गरेको हो ।
उक्त पदमा २०८१ असार १७ गतेदेखि लागु हुने गरी थप २ वर्षको लागि नियुक्त गरेको बैकले जानकारी दिएको छ ।