काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल भोलिदेखि तीन दिनका लागि अवरुद्ध हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा–जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा बन्द हुने भएको हो ।
भारतको मधुवनी जिल्ला, सीतामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदै छ ।
इन्डो–नेपाल अन्तर्राष्ट्रिय सीमा बन्द गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयानुसार रेलसेवा तीन दिन बन्द रहनेछ’, प्रबन्धक झाले जारी गरेको सूचनामा भनिएको छ ।
महाप्रबन्धक झाले ८ गते मंगलबारदेखि साविक बमोजिम रेलसेवा नियमित सञ्चालन हुनेछ ।