images
images

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्ररमण  खनाल नियुक्त


  • 371
    SHARES
  • २०८१ जेठ १० गते बिहीबार

    राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्ररमण  खनाल नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्। खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।

    बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारीमा थिए । बैंकको बिहीबार बसेको संचालक समितिले चार वर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

    बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिएका थिए । अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।





    images

    Logo