images
images

पूर्णिमा श्रेष्ठद्वारा एकै मौसममा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान


  • 373
    SHARES
  • २०८१ जेठ १३ गते आइतबार

    पूर्णिमा श्रेष्ठद्वारा एकै मौसममा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

    काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाउनुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले हिजाे बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए । 

    पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छिन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । 

    गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन् । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहनुभएकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।


    images

    Logo