images
images

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त


  • 386
    SHARES
  • २०८१ जेठ १३ गते आइतबार

    नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

    काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो  ।

    निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चालक समितिले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीमध्ये थापालाई बोर्डले सिईओ पदको लागि नियुक्त गरेको हो ।


    images

    Logo