images
images

विद्यार्थीमा दादुराको सङ्क्रमण फैलिएपछि गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली


  • 420
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    विद्यार्थीमा दादुराको सङ्क्रमण फैलिएपछि गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली

    जाजरकोट । दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए÷नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए । 

     जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उनले बताए । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझने क्रम सुरु गरिएको उनले बताए । हप्ता दिनअघि मात्र रावतगाउँका दुई बालबालिकाको नमूना सङ्कलन गरी नेपालगञ्ज पठाइएकोमा सो नमूनामा दादुरा भएको पुष्टि भएको थियो ।

    त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारेको छ ।


    images

    Logo