images
images

एक महिनामा ९० हजार बढी विदेशी पर्यटन नेपाल भित्रिए


  • 511
    SHARES
  • २०८१ जेठ २० गते आइतबार

    एक महिनामा ९० हजार बढी विदेशी पर्यटन नेपाल भित्रिए

    काठमाडौं । सन् २०२४ को मे महिनामा मात्रै ९० हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटक बोडका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् । 

    सन् २०२३ को तुलनामा यस बर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को मे मा ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार पहिलो ५ महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएका छन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल भित्रिएका छन् । 

    बोर्डका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल भित्रिएका छन् भने फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल आएका छन् । त्यस्तै, मार्च महिनामा  १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल आएका छन् ।

    त्यस्तै, अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ जना र मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल आउने पर्यटकमध्ये धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट ३८ हजार २ सय ८८ जना पर्यटक नेपाल आएका छन् । यसैगरि, चीनबाट ८ हजार ३ सय ८१ जना, अमेरिकाबाट ८ हजार ५ सय २७ जना, बेलायतबाट यो महिनामात्र २ हजार ८ सय २ जना पर्यटक आएका छन् । 

    यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७ सय ८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ । 

    त्यस्तै, पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् भने चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । अमेरिकाबाट ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ ।

    सरकारले आगामी आर्थिक बर्ष २०८०/८२ मा बार्षिक १६ लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको छ । यो पुरा हुन आफ सिजनका महिनामा समेत १ लाख भन्दा बढी पर्यटक नेपाल आउन पर्छ । 


    images

    Logo