images
images

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार विदेशी पर्यटक, कुन महिनामा कति ?


  • 451
    SHARES
  • २०८१ आषाढ १७ गते सोमबार

    ६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार विदेशी पर्यटक, कुन महिनामा कति ?

    काठमाडौं । सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अंग्रेजी वर्षको जुनसम्ममा ५ लाख ८३ हजार १६ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

    गत वर्षको सोही अवधिमा नेपाल घुम्न आउने पर्यटकको संख्या ४ लाख ७६ हजार रहेको थियो । जुन यसपटक करिब साढे २२ प्रतिशतले बढेर ५ लाख ८३ हजारको संख्यामा पुगेको छ । 

    यस वर्षको जुनमा मात्रै ७६ हजार ७३६ पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । गत वर्षको यसै अवधिमा ७२ हजार २५० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    जुन महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा उल्लेख छ । सो महिनामा भारतीय पर्यटक ३७ हजार ८३५ जना नेपाल भ्रमणमा आएका हुन् । त्यस्तै दोस्रो अमेरिकाबाट ८ हजार २८१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

    तेस्रोमा चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९ पर्यटक भ्रमणमा आएका हुन् ।


    images

    Logo