images
images

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त


  • 384
    SHARES
  • २०८१ आषाढ १९ गते बुधबार

    हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद आचार्य नियुक्त भएका छन् । असार १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनलाई साउन १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओ पदमा पुनः नियुक्त गरिएको हो । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।


    images

    Logo