काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । कार्यालयले भोलि अथात् असार २४ गते २१ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयले २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने ८ अर्ब रुपैयाँ र ३६४ दिने ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ ।
यी ट्रेजरी बिल क्रमशः साउन २२ गते, असोज २२ गते, र २०८२ असार २४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको बोलकबोल भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।


