images
images

दुई कम्पनीको शेयर कारोबार रोक्का


  • 793
    SHARES
  • २०८१ आषाढ २६ गते बुधबार

    दुई कम्पनीको शेयर कारोबार रोक्का

    काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपस मर्जर भएपछि असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले भोली देखि शेयर कारोबार रोक्का हुने भएको हो । 

    दुवै लघुवित्त मर्जर भएपछि असार २७ गतेदेखि मातृभुमि लघुवित्त  नाममा एकीकृत कारोबार हुने भएको छ । नेप्सेले सोही क्रममा दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको कम्पनीले जनाएको छ । 

    दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । 

    यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ । 

    1720606010857_page-0001.jpg

     


    images

    Logo