images
images

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त


  • 438
    SHARES
  • २०८१ श्रावण १० गते बिहीबार

    ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

    उनको नियुक्ति आउँदो भदौ १ गतेबाट लागू हुनेछ ।  हाल उनी बैंकको सिनियर डेपुटी सीईओ छन् । 

    हाल बैंकको सीईओ रत्नराज बज्राचार्य छन् । उनको कार्यकाल साउन मसान्तबाट सकिँदैछ ।

    रेग्मी बैंकिङ क्षेत्रमा साढे ३ दशकदेखि सक्रिय छन् । उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतबाट एमबीएको पढाइ पूरा गरेका छन् ।

    सञ्चालक समितिको सोही बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंकी भागिरथी भट्टराई ज्ञवालीलाई पनि नियुक्त गरेको छ ।


    images

    Logo