काठमाडौं । सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको चौंथो त्रैमाससम्मको विवरण अनुसार बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । गत आर्थिक बर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
असारसम्म बैंकले ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा २.४४ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ र जगेडा कोष ८.७९ प्रतिशत बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप १२.०७ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ संकलन गरी कर्जा ९.६५ प्रतिशत बढाएर १ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ प्रवाह गरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।
गत असारसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ।


