images
images

ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु


  • 440
    SHARES
  • २०७८ आश्विन १२ गते मंगलबार

    ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु

    फुङ्लिङ । ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ ।

    गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो ।

    नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले  अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताए । कतिपय बरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकामा अहिले अस्पतालमै  अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उहाँको भनाइ थियो । 

     ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले  ७१ लाख ५० हजार रुपैयाँको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिए । अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए ।


    images

    Logo