काठमाडौं । प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २८ करोड मात्रै खुद नाफा गरेको थियो ।
असार मसान्तसम्ममा बैंकले १२ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १० अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।
सो बैंकले ३ खर्ब ५ अर्ब निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १९ रुपैयाँ ०३ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ७६ पैसा कायम भएको छ।


