images
images

१० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा कति ?


  • 387
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    १० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । नबिल बैंकको नाफा १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा बैंकले १७ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ।

     सो बैंकले ४ खर्ब ६२ अर्ब रुपैयाँ  निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा  प्रवाह गरेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। 


    images

    Logo