images
images

सिद्धार्थ बैंकले कमायो ३ अर्ब १ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 401
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    सिद्धार्थ बैंकले कमायो ३ अर्ब १ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्ब १ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले सो नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले ७ अर्ब ९९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। 

    सो बैंकले २ खर्ब ४१ करोड रुपैयाँ  निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा  प्रवाह गरेको छ ।  नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ।


    images
    images

    Logo