images
images

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ५६ अर्ब बीमाशुल्क, कुनको कति ?


  • 497
    SHARES
  • २०८१ श्रावण २२ गते मंगलबार

    जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ५६ अर्ब बीमाशुल्क, कुनको कति ?

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब बढी बीमाशुलक संकलन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको विवरण अनुसार आर्थिक बर्ष २०८०/८१ को असार महिनासम्ममा जीवन बीमा कम्पनीले कुल १ करोड ३७ लाख ७४ हजार ६ सय ३५ वटा बीमालेख जारी गरि कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपौयँ बीमाशुल्क संकलन गरेको छन् । 

    जसमा सवैभन्दा धेरै नेपाल लाइफ इस्योरेन्सले बीमाशुलक संकलन गर्ने सफल भएको छ । कम्पनीले सो अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ बरारबको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफ इस्योरेन्स रहेको छ । सो कम्पनीले १९ अर्ब २० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । 

    यसैगरि, एलआइसी नेपाल इस्योरेन्सले १८ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने हिमालयन लाइफ इस्योरेन्सले १६ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । 

    त्यस्तै, सुर्यज्योति लाइफ इस्योरेन्सले ९ अर्ब ५० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफ इस्योरेन्सले ८ अर्ब ५ करोड रुपैयाँ र सिटिजन लाइफ इस्योरेन्सले ६ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । 

    यता, मेट लाइफ इस्योरेन्सले ५ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफ इस्योरेन्सले ४ अर्ब ७४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले ४ अर्ब ३७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इस्योरेन्सले ४ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफ इस्योरेन्सले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । 


    images

    Logo