images
images

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त


  • 431
    SHARES
  • २०८१ श्रावण २५ गते शुक्रबार

    स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त भएका छन् ।

    अध्यक्ष नेपालले शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। 

    उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु. कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिजका सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो।

    विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यूआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    अध्यक्ष नेपालले नेपाल ग्रीनलेज बैंक ९हाल स्ट्यान्डर्ड चार्टड बैंक० बाट आफ्नो बैंकिङ करियर सुरुवात गरी हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका हुन्।

    अध्यक्ष नेपालले यसअघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकालसम्म अध्यक्षको भूमिका निर्वाह गरिसेकेका छन्।

    विभिन्न बैंक तथा वित्तिय संस्थाहरूमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ।

    ३ दशक लामो बैंक तथा वित्तिय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड थप उचाइमा पुग्ने विश्वास कम्पनीले लिएको छ ।


    images

    Logo