काठमाडौं । युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ ।
शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।
होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए ।
‘पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणमा म सधैं तत्पर छु,’ उनले भने, ‘अझ युवा जो यो उद्योगमा आएका छन्, उनीहरूसँग मेरो थप सहयोग र सहकार्य रहने छ ।’मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीसँग बसेर लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर ५ करोडभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ कोठा सहितको होटलमा ५० बेड छन् । २ सय सिटभन्दा बढी क्षमताका हल, बैठक कक्ष सहित होटल सञ्चालनमा ल्याइएको हो ।


