काठमाडौं । हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुनः सुरु गर्न लागेको हो ।
यसैगरी, पुनः सुरु गरिने उडानले दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ ।
ग्राहक अनुभवलाई सुदृढ बनाउन कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ ।
सुरूमा हप्तामा एक उडान मात्र गर्ने कम्पनीले माग भएसँगै थप्दै लैजाने योजना छ । पहिलो उडान काठमाडौंबाट मध्यरात १२ बजेर ४० मिनेटमा उड्ने जहाज स्थानीय समयअनुसार कुवेत विहान ३ बजेर १५ मिनेटमा पुग्नेछ ।
त्यसैगरी कुवेतबाट स्थानीय समय बिहान ०४ बजेर १५ मिनेटमा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौं अवतरण हुने कम्पनीले जनाएको छ ।


