images
images

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुन : उडान गर्ने


  • 425
    SHARES
  • २०८१ श्रावण २८ गते सोमबार

    हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुन : उडान गर्ने

    काठमाडौं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो ।
           
    यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो ।

    काठमाडौं–कुवेत–काठमाडौंमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छ ।

    सुरुआतमा, एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौं–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौं उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ । 


    images

    Logo