images
images

५.८ प्रतिशतले बढ्यो निजी क्षेत्रको कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?


  • 398
    SHARES
  • २०८१ भाद्र २ गते आइतबार

    ५.८ प्रतिशतले बढ्यो निजी क्षेत्रको कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

    काठमाडौं । गत आर्थिक वर्षमा ५.८ प्रतिशतले निजी क्षेत्रमा कर्जा विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा  २ खर्ब ७६ अर्ब ९४ करोडले बढेको हो । 

    अघिल्लो वर्ष २०७९/८० मा निजी क्षेत्रको कर्जा रु.१७५ अर्ब ९४ करोड (३.८ प्रतिशत) ले प्रतिशतले मात्रै वृद्धि भएको थियो । सरकारले चालू आर्थिक वर्षमा कर्जा विस्तार १२ प्रतिशतले हुने लक्ष्य राखेको छ । 

    समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ ।

    समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीहरुको ७.७ प्रतिशतले बढेको छ ।

    २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

    २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो ।

    आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।

     गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४६.३ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १७.६ प्रतिशतले घटेको छ ।


    images

    Logo